वैशाख ३० गते सातै प्रदेशमा वर्षाको सम्भावना, सर्तकता अपनाउन महाशाखाको आग्रह — OSNepal

वैशाख ३० गते सातै प्रदेशमा वर्षाको सम्भावना, सर्तकता अपनाउन महाशाखाको आग्रह

LC (KTM) May 09, 2022 0

काठमाडौं – वैशाख ३० गते पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशमा वैशाख ३० गते पनि पानी पर्ने सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ।

साथै, दक्षिण बंगालको खाडीमा चक्रवात ‘असानी’ विकास भएको छ। उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना देखिएको छ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचटयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर