इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले न्युकासललाई ५-० गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउने क्रममा रहिम स्ट्रर्लिङले दुई गोलको योगदान दिए । घरेलु मैदानमा स्ट्रर्लिङले १९ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा एम्रिक लापोर्टले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
खेलको ६१ औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटीको अग्रता तेब्बर बन्यो । ९० औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीको अग्रता ४-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए । जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ३५ खेलमा ८६ अंक जोडेको छ । न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।