इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्स बिजयी भएको छ । मुम्बईमा आइतबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनको फराकिलो अन्तरले हराएको हो । चेन्नईले दिल्ली समक्ष २ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफ ब्याटिङमा उत्रिएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन जोड्न सक्यो ।दिल्लीका लागि मिचेल मार्शले २५ रन जोड्दा शार्दुल ठाकुरले २४ रन जोडे ।
ऋषव पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बनाए ।चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए । मुकेश चौधरी,सिमर्जित सिंह रड्वाने ब्राभोले २र२ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय इनिङ खेले । तुराज गायकवाटले ४१ रन जोड्दा शिभम डुबेले ३२ रन बनाए ।
कप्तान महेन्द्र सिंह धोनीले अविजित २१ रन जोडे ।दिल्लीका एन्रिच नोर्कियाले ३ तथा खलिल अहमेदले २ विकेट लिए । जितसँगै चेन्नईले ११ खेलमा ८ अंक जोडेको छ । चेन्नई आठौं स्थानमा उक्लिएको छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।