यस बर्ष नेपाली नायिकाहरुको लागि बैबाहिक बन्धनमा बाँधिने जिन्दगीकै महत्वपुर्ण अवसर बन्यो । चर्चा र हल्ला नै नमच्चाई नायिकाहरुले आफुले रोजेको मान्छे संग लगनगाँठो कसे । नायिका वर्षा शिवाकोटीले पनि आशिष गेलालसँग सुटुक्क बिबाह गरिन् । आशिष अमेरिकामा बस्दै आएका छन् । अब बर्षाका फ्यानहरुको मनमा एउटा सवाल उठिरहेको छ ।
त्यो हो बर्षा अब अमेरिका तिरै सेटल हुन्छिन् कि भन्ने । किनभने विवाहपछि श्रीमान आशिष बर्षा लाई नेपालमै छोडेर अमेरिका प्रस्थान गरिसकेका छन् । अब फ्यानहरुको मनमा उठेको सवालका बिषयमा अभिनेत्री बर्षाले पनि जवाफ दिएकी छिन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममा वर्षालाई एक फ्यानले सोधेका थिए नेपालमै बस्ने कि अमेरिका जाने भनेर ।
यसको रिप्लाई दिदै बर्षा भन्छिन् – श्रीमान जहाँ, म पनि त्यहीँ । यसको अर्थ स्पष्ट हुन्छ कि अब उनी अमेरिका तिरै जानेछिन् । आम दर्शकको अनुमान त्यहि रहे पनि आशिष नेपालमै आउने संभावनालाई पनि नकार्न भने सकिदैन । आखिर उनको जवाफमा यो रहस्य पनि लुकेको हुन सक्ने अनुमान गर्न सकिन्छ । धेरै जसो नेपाली कलकार अमेरिका तिर सेटल भईरहेको बेला बर्षाको यो जवाफले कतै उनी पनि नेपाली चलचित्र उद्योग बाट टाढा जाने त हैन भन्ने सवाल भने छेडिरहन सक्छ ।