काठमाडौै २५ वैशाख । काठमाडौंमा मदिरा बिक्री वितरण बन्द हुने भएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निवाृचनको मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज आइतबार एक सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
प्रशासनले वैशाख २७ गते राति १२ बजेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाउने निणर्य गरेको छ ।
साथै मदिरा सँगै प्रशासनले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधानबाहेक अरुलाई विहान ६ बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाउने भएको छ ।