काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेद्धवारद्धय केशव स्थिापित र बालेन शाहको जम्काभेट भएको छ । चुनावी प्रचार प्रसारका क्रममा एमालेका उम्मेद्धवार स्थापित र स्वतन्त्र उम्मेद्धवार शाहबिच बिच सडकमा नै जम्काभेट भएको हो । केहीदिन अघि बालेनलाई अन्तराष्ट्रिय ठग भन्दै गम्भिर आरोप लगाएका स्थापितले बालेनलाई भेटे लगत्तै जितको शुभकामना दिँदै अंकमाल समेत गरेका थिए । बदलामा बालेनले मुसुक्क मुस्कुराउँदै जवाफ दिएका थिए ।
बालेनलाई दिएको अभिव्यक्तिपछि स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आयोगले स्थापितले बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्ति दिएपछि उनी फेरी विबादमा तानिएका पात्र हुन् । स्थापित यसअघि पनि विभिन्न प्रकरणले विबादमा तानिँदै आएका थिए ।