धनुषा- धनुषाको जनकनन्दनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल वारिक शेषको गए राति निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित शेषको राति ८ बजेतिर निवासमै निधन भएको परिवारजनले बताएको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शेख पुनः उम्मेदवार बन्ने सोचका साथ अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । तर कांग्रेसले सुदेश चौधरीलाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । उहाँको आज बिहान इस्लाम धर्मावलम्बीको परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।