सुनिल शेट्टीकी छोरी आथियाले रणवीर कपुर र आलियाको नजिकै किनिन् नयाँ घर — OSNepal

सुनिल शेट्टीकी छोरी आथियाले रणवीर कपुर र आलियाको नजिकै किनिन् नयाँ घर

LC (KTM) May 08, 2022 0

एजेन्सी । बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुल डेट गरिरहेका छन् र हरेक दिन दुवैले एकअर्कासँगका विशेष पलहरू सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूसँग सेयर गर्ने गर्छन् जसलाई उनका फ्यानहरूले निकै मन पराएका छन् । यस बाहेक लामो समयदेखि यी दुबैको बिहेको खबर बाहिर आइरहेको छ तर खासमा यी दुईको बिहे कहिले हुने हो भन्ने कुरा कसैले पनि थाहा पाउन सकेको छैन ।

यसैबीच एउटा समाचार आयो, जसमा भनिएको थियो कि दुबैले कार्टर रोड, बान्द्रा, मुम्बईमा रहेको एउटा भवनमा फोरबीएचके अपार्टमेन्ट भाडामा लिएका छन् र चाँडै नै दुबै यस विलासी अपार्टमेन्टमा सिफ्ट हुन लागेका छन्। जबकि फोरबीएचके अपार्टमेन्ट भाडामा लिइएको छ, यो सत्य हो, तर उनले आफ्नो केएल राहुलसँग त्यो घरमा बस्ने कुरालाई अस्वीकार गरिन्। हो, हालै यी सबै खबरमा आफ्नो मौनता तोड्दै नायिकाले सत्यता सबैसामु पर्दाफास गरेकी छिन् ।

यसबारे कुरा गर्दै उनले ‘केएल राहुलको साथमा नयाँ घरमा नसर्ने बताईन् । आथिया शेट्टीले एक समाचार एजेन्सीसँग कुरा गर्दै भनिन्– ‘म नयाँ घरमा अरु कसैसँग नभई मेरा आमाबुवासँग सिफ्ट हुन लागेको छु । म मेरो नयाँ घरमा मेरो परिवारसँग बस्नेछु। आथिया शेट्टीले यो नयाँ घर रणवीर कपुर र आलिया भट्टको छिमेकमा लिएकी छिन् ।अर्कोतर्फ, विवाहको खबरको बारेमा सोध्दा आथिया भन्छिन्,– ‘म यी कुनै पनि प्रश्नको जवाफ दिन असमर्थ छु ।

म अहिले यी सबै देखेर थाकेको छु, अब म यिनीहरूलाई मात्र हाँस्छु र के गरौँ मानिसहरूले के सोच्न चाहन्छन् भन्ने सोच्न दिनुहोस्। समाचारका अनुसार, आथियाले कार्टर रोड, बान्द्रा, मुम्बईमा भाडामा लिएको अपार्टमेन्ट एक सी–फेसिङ फोरबीएचके अपार्टमेन्ट हो, जुन भवनको ८औं तलामा छ र यसको भाडा १० लाख रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर