केजीएफ २ का अभिनेताको निधन, साउथ फिल्म उद्योग स्तब्ध — OSNepal

केजीएफ २ का अभिनेताको निधन, साउथ फिल्म उद्योग स्तब्ध

LC (KTM) May 07, 2022 0

साउथ फिल्म उद्योग बाट दुःखद खबर आएको छ । साउथ फिल्मका चर्चित हास्य कलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले सम्पुर्ण साउथ फिल्म उद्योग स्तब्ध भएको छ । उनी लामो समयदेखि बिरामी थिए । आफ्नो बिराम संग जुधिरहेका मोहनको उपचारका क्रममा बैंगलोरको एक निजी अस्पतालमा निधन भएको हो ।

मोहनको निधनमा फ्यानसहित धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर शोक व्यक्त गरेका छन् । मोहन जुनेजाको बिषयमा कुरा गर्नु पर्दा आफ्नो करियर कमेडियनको रूपमा सुरु गरेका थिए । उनले तमिल, तेलुगु, मलयालम र हिन्दी लगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा आफ्नो अभिनय कौशलता देखाई सकेका थिए । उनी केजीफ २ र केजीएफ १ मा समेत खेलेका थिए । फिल्म केजीएफ–२ मा मोहनले पत्रकार आनन्दीको इन्फर्मरको रुपमा भूमिका निर्बाह गरेका थिए ।

उनले चर्चित स्टारहरु दर्शन, उपेन्द्र, पुनीत राजकुमार, अम्बरीश, शिवराजकुमार र चन्दन जस्ता सेलीब्रेटीहरु सँग पनि काम गरेका थिए। अभिनेता मोहनले सन् २००८ मा कन्नड फिल्म ‘संगमा’ बाट अभिनेताको रूपमा डेब्यु गरेका थिए । उनी विशेष गरी कन्नड चलचित्रका लागि चिर परिचित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर