पर्वत । फलेवास नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका पाँचदलिय गठवन्धनका साझा उम्मेदवार गंगाधर तिवारीले चुनावी प्रचार प्रसारको कार्यक्रमलाई तिब्रता दिएका छन् । यसैबिच नेकपा ९एकिकृत समाजवादी० फलेवास नगर कमिटीले तिवारीलाई सर्मथन दिएसँगै माहोल थप गर्माएको छ । नेकपा (एकिकृत समाजवादी) फलेवास नगरपालिका नगर कमिटीका अध्यक्ष कृष्णप्रसाद लम्सालले प्रेस विज्ञप्ती जारी गरी पाँचदलिय गठवन्धनका प्रमुख ९मेयर० पदका उम्मेदवार गंगाधर तिवारीलाई सर्मथन दिएको जनाएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी परेका उपमेयर लगायत वडा अध्यक्ष तथा सदस्य पदमा कलम चिन्हमा नै मतदान गर्न र नगरपालिकाको प्रमुख पद (मेयर) मा पाँचदलिय गठवन्धनका उम्मेदवार गंगाधर तिवारीलाई रुख चिन्हमा मतदान गर्न शुभचिन्तक सर्मथक र नगरवासी मतदाताहरुलाई आव्हान गरेको छ ।
फलेवास नगरपालिकामा नगर प्रमुख (मेयर) पदमा पाँचदलिय गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका गंगाधर तिवा्री र उप–प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी शोभा क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
यस्तै एमालेबाट पूर्व मेयर पदमपाणी शर्माले नगरपालिकाको प्रमुख (मेयर) पद र मन्जु अधिकारीले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।