शून्यता निम्त्याएर खेल्ने रणनीतिमा लागे ओली भन्दै पूर्वप्रधानमन्त्रीहरु आक्रोशित — OSNepal

शून्यता निम्त्याएर खेल्ने रणनीतिमा लागे ओली भन्दै पूर्वप्रधानमन्त्रीहरु आक्रोशित

LC (KTM) June 12, 2021 0

काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ।

प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न सभामुखले पूर्वप्रधानमन्त्री, दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई शुक्रबार बोलाएका थिए। संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा पूर्वप्रधानमन्त्री तथा शीर्ष नेताहरूले संविधान असफल बनाउने प्रपञ्च प्रधानमन्त्री ओलीले गरेको भन्दै त्यसलाई रोक्न अहिल्यै सचेत भएर लाग्नुपर्ने निचोड निकालेका हुन्।याे खबर नागरिक दैनिकमा छ ।

‘सर्वोच्च अदालतमा संसद् विघटनको मुद्दा विचाराधीन छ। यो असंवैधानिक कदम भएकाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ। कथंकदाचित प्रतिगामी शक्तिको खेलमा संसद् पुनर्स्थापना भएन भने मुलुक संविधान नै असफल हुने दिशामा जानेछ। अहिले सभामुखले पनि यसमा सचेत भएर बस्नुपर्ने बेला आएको छ भन्ने निष्कर्ष रह्यो’, बैठकपछि एक सहभागी नेताले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर