करण जोहरको चर्चित शो मा आलिया–रणबीर तथा अल्लु अर्जुन–रश्मिका मन्दाना आउँदै — OSNepal

करण जोहरको चर्चित शो मा आलिया–रणबीर तथा अल्लु अर्जुन–रश्मिका मन्दाना आउँदै

LC (KTM) May 06, 2022 0

भारतमा निक्कै चर्चा कमाएको टेलिभिजन शो मध्ये एक हो कफी विथ करण । यस शो मा बिभिन्न कलाकारहरुको उपस्थिती हुने गरेको छ । उनीहरुले नितान्त आफ्ना ब्यक्तिगत तथा गोप्य कुरा खुलासा गर्ने गरेका छन् । यस शो लाई बलिउड निर्माता करण जोहरले होस्ट गर्ने गरेका छन् । उनले अब आफ्नो टेलिभिजन शो कफी विथ करणको सातौं संस्करण सञ्चालन गर्न लागेका हुन् ।

तर करण जोहरको यो शो अब टेलिभिजनमा नभएर डिजिटल ओटीटी प्लेटफर्ममा आउने भएको छ। अब करणको यो चर्चित शो लाई डिजनी प्लस र हटस्टारमा हेर्न पाईने भएको हो । उनको सातौ संस्करणमा चर्चित बलिउड जोडी अर्थात भर्खरै बिबाह बन्धनमा बाँधिएका रणवीर सिंह र आलिया भट्ट को जोडी आउने भएको छ । ।

त्यस्तै साउथ फिल्म पुष्पा का स्टार अल्लु अर्जुन र रश्मिका मन्दाना पनि शोमा देखिने भएका छन् । रणवीर र आलियाले आउँदै गरेको फिल्म रानीको प्रमोशन गर्ने बताइएको छ। यस शो प्रायः जसो बिबाद झिक्न सफल रहने गरेको छ । शो का गेस्टहरु बिबादीत बन्ने कारण नै यो शो हिट हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर