स्थानीय निर्वाचनको दिन अर्थात ३० गते बिना अनुमतिका सवारी साधन चलाउन नपाईने — OSNepal

स्थानीय निर्वाचनको दिन अर्थात ३० गते बिना अनुमतिका सवारी साधन चलाउन नपाईने

LC (KTM) May 06, 2022 0

स्थानीय तहको निर्वाचनका दिन बिना अनुमति सवारी साधनहरु चलाउन नपाईने भएको छ । निर्वाचन आयोगले त्यस दिनका लागि सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ जारी गर्दै सवारी साधनमा रोक लगाएको हो । त्यस्तै उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिए बमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ ।

त्यसपछि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी सोही निवेदनमा सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । उम्मेदवार बाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नाम समेत उल्लेख गरी अनुसूची २ बमोजिमको सिफारिस दिने अधिकारीको सिफारिस लिई अनुसूची बमोजिम सवारी साधनको अनुमतिपत्र जारी गर्ने निकाय वा अधिकारीसमक्ष पत्र पेश गर्नुपर्नेछ ।

सवारी साधनका लागि अनुमति माग गर्न निवेदन दिँदा वैशाख २८ गतेसम्ममा दिइसक्नु पर्ने उल्लेख छ । आयोगले निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखेर पठाइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर