इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स लाई पुछारमा रहेको मुम्बई इन्डियन्सले पराजित गरेको छ। मुम्बईमा शुक्रबार राति भएको खेलमा गुजरातलाई मुम्बईले ५ रनले पराजित गरेको हो । मुम्बईले गुजरात समक्ष १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि रिद्धिमान साहले ५५ रनको अर्धशतकीय इनिङ खेले । सुबमन गिलले ५२ रनको अर्धशतकीय इनिङ खेले । हार्दिक पाण्डय २४ तथा साई सुदर्शन १४ रनमा आउट भए । डेभिड मिलरले अविजित १९ रन बनाए । मुम्बईका मुरुगान आश्विनले २ तथा केइरन पोलार्डले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रनको योगफल तयार पारेको थियो ।
मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । टिम डाभिड ४४ रनमा अविजित रहदा कप्तान रोहित शर्माले ४३ रन जोडे । तिलक वर्मा २१ तथा सूर्यकुमार यादव १३ रनमा आउट भए । गुजरातका राशिद खानले २ विकेट लिएका थिए। जितसँगै मुम्बई १० खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ । गुजरातले ११ खेलमा १६ अंक जोडेको छ । गुजरात शीर्ष स्थानमै रहेको छ ।