सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्र मण ,शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको भिडियो सामाजिक संजालमा भाइरल — OSNepal

सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्र मण ,शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको भिडियो सामाजिक संजालमा भाइरल

LC (KTM) June 12, 2021 0

काठमाडौं -सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्र मण भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे शाहीको समूहमाथि स्थानियले आक्र मण गरेका हुन् । आक्रमणमा संलग्न पाँच जनालाई प्रहरीले नियान्त्रणमा लिएको बताइएको छ ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच  झडप भएको बताए । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ । आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको ज्ञानेन्द्र शाहीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर