अहिलेको संविधान हुन्जेलसम्म एक पार्टीमा बहुमत आउँदैन त्यसैले भोलि पनि गठवन्धन गर्ने हो : देउवा — OSNepal

अहिलेको संविधान हुन्जेलसम्म एक पार्टीमा बहुमत आउँदैन त्यसैले भोलि पनि गठवन्धन गर्ने हो : देउवा

LC (KTM) May 06, 2022 0

काडमाडौं २३ वैशाख । नेपाली कांग्रेसका सभापति एंवं प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती सिर्जना सिंहलाई काठमाडौंको मेयरमा उठाउन डराएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सत्ता गठवन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।‘ प्रकाशमानको श्रीमती हुनु उहाँको गल्ती हो ? यो अपराध त होइन नि!’ देउवाले भने ।

गठवन्धन विना जित हासिल गर्न कठिन हुने भन्दै आएका देउवाले अहिलेको संविधान हुन्जेलसम्म एक पार्टीको मात्र बहुमत आउन नसक्ने बताएका छन् ।

गठवन्धनलाई निरन्तर लाने बताएका देउवाले सम्बोधनमा भनेका छन् , ‘भोलि पनि गर्ने गठबन्धन हो, अहिलेको गठबन्धन सजिलो छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर