काठमाडौं २३ चैत । सर्वोच्च अदालतले नेपाली कांग्रेसका निलम्वित सांसद मोहमद आफ्ताव आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
इँट्टा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आलमले जेल बाहिर रहेर नै मुद्दा लड्न पाउँ भन्ने उनको मागमा सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो ।
शुक्रबार न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा भएको अन्तिम सुनुवाइपछि आलमलाई थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै उनलाई थुनामै राख्न आदेश भएको हो ।