विराटनगर २३ वैशाख । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दिनहुँ जसो चुनाव प्रचार प्रसारको विषयमा झडप हुन थालेको छ ।
शुक्रबार आज सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
जिल्लाको दुहबी नगरपालिका-९ को छाताबेली चोकमा ठुलो आवाजमा डिजे बजाएको भन्दै कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार झडपलाई नियत्रन्ण लिन सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।