कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांग्रेस र नेकपा समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरी कार्यालय तोडफोड — OSNepal

कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांग्रेस र नेकपा समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरी कार्यालय तोडफोड

LC (KTM) May 06, 2022 0

कैलाली २३ वैशाख । बाजुरामा चुनाव प्रचारप्रसारको क्रममा सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको बुढीनन्दा नगरपालिका- ९ मा नेकपा एसका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको हो ।

कांग्रेसको कार्यकर्ताको हिकाईबाट घाइते भएका नेकपा एसका कार्यकर्ता प्रहरी कार्यालय पुगेपछि कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना नियन्त्रण गर्नको लागि हवाई फायर समेत गरेको छ । उक्त झडपमा प्रहरीतर्फ तीनजना र कांग्रेसका तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर