काठमाडौं २३ वैशाख । चीनको होङझोउ शहरमा हुन लागेको १९औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ ।
एसियन ओलम्पिक परिषद (ओसीए)ले सेप्टेम्बर १० देखि २५ सम्म तीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने गरेको हो ।
आयोजना राष्ट्रले प्रतियोगिता सार्नु पर्ने कुनै कारण भने स्पष्ट नपारेपनि केहि दिन देखि चीनमा कोरोना संक्रमणको दर बढ्दै गएको फ्रान्सेली समाचार संस्था एएफपीले जानकारी दिएको छ ।
नेपालले पनि यस प्रतियोगितामा २३ खेलमा सहभागी हुने निर्णय गरेको थियो । कोरोना संक्रमण बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो शहर संघाईमा साताव्यापी लकडाउनको घोषणा गरिएको छ ।
चीनको सरकारी सन्चारमाध्यम सीसीटीभीले प्रतियोगिता स्थगित भएको सुचना प्रकाशित गरिसकेको छ ।