काठमाडौं २३ वैशाख । नेपाली कांग्रेसका नेता मोहम्द अफ्ताव आलमको विरुद्धको मुद्धाको सुनुवाई आज हुने भएको छ ।
गत शुक्रबार नै ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दाको सुनुवाइ नसकिएकाले शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाई हुने भएको हो ।
आलम विरुद्ध २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको अभियोग लागेको छ ।
उनलाई अहिले पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ।