काठमाडौं २३ वैशाख । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र बलियो पार्न अब गैरदलीय चुनावको आवश्यक भएको औंल्याएका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै जानु दुर्भाग्यपूर्ण भएको भन्दै गैरदलीय चुनाव गर्न आग्रह गरेका हुन् ।
‘५ दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ।सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेतारकार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन्१लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं१कुनै आकाश खस्दैन’ उनले भनेका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत यसो गर्दा आकाश नखस्ने भन्दै केन्द्रीय हस्तक्षेप रोक्न भनेका छन् ।