काठमाडौं २२ वैशाख । नेपाली कांग्रेसले सत्ता गठवन्धनको सहमति विपरित बागी उम्मेदवार दिएका सबै उम्मेदवार उनका प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको जानकारी गराएको छ ।
बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवारी दिने उनका प्रस्तावक र समर्थक पार्टीबाट निस्कासन भएको जानकारी गराएका हुन् ।
पार्टीको नियम विपरित बागी उम्मेदवार दिएकोले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ४ (१३) (ग ) बमोजिम पार्टीबाट निस्कासन भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै , जारी विज्ञप्ती मार्फत पार्टीबाट निष्कासित भएका उम्मेदवार, प्रस्तावक र समर्थकको नामावली केन्द्रमा पठाउन जिल्ला कार्य समितिलाई आग्रह गरिएको छ ।