काठमाडौं २२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरपुरमा रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने प्रतिवद्धता जनाएका छन् ।
बिहिबार भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा कांग्रेस र माअोवादीको गठवन्धन अस्विकार गरे देश दुर्घटनामा जाने भन्दै यस्तो बताएका हुन् ।
गठवन्धन राष्ट्रको आवश्यक भएको बताएका प्रचण्डले भने , ‘जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०/१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ’ ।
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेता टेकप्रसाद गुरुङको नाम लिएर देशको विकास र समृद्धिको आवश्यक गठवन्धनलाई लिएर हसिया हथौडामा भोट हाल्दिन भने देश दुर्घटनामा जाने चेतावनी समेत दिएका छन् ।