काठमाडौ २२ वैशाख । सरकाले वरियता क्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको विरुद्ध रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
बिहिबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले एआईजी विश्वप्रकाश पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यो मुद्धाको पुर्ण सुनुवाई अब चुनाव पछि जेठ १७ गतेलाई तोकिएको छ । साथै ,अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।