चितवन २२ वैशाख । निर्वतमान भरतपुर महानगरकी मेयर रेणु दाहालले आफुले गएको पाँच वर्षमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको बताएका छन् ।
बिहिबार सत्ता गठवन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै रेणु दाहालले यस्तो दावी गरेकी हुन् ।
गएको पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी प्रतिपक्षसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएको जिकिर गरेकी उनले भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्याएका दावी गरेकी छन् ।
सभालाई सम्बोधन गर्दै उनले अब आफु फेरि निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पुरा गर्ने प्रतिवद्धता समेत गरेकी छन् ।