चितवन २२ वैशाख । नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रलाई धोका नदिन आग्रह गरेका छन् ।
बिहिबार चितवनमा आयोजित सत्ता गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह समेत हुन् ।
‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’उनले भने।
गठवन्धनको तर्फबाट भरतपुरको मेयर पदको उम्मेदवार रेणु दाहाललाई कांग्रेसले एक ढिक्का भएर जिताउने उनले बताएका छन् ।