चितवन २२ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् ।
बिहिबार भरतपुरमा आयोजना गरिएको सत्ता गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताले गठबन्धनलाई जिताउने भन्दै गठवन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका हुन् ।
‘जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेका छन्, प्रतिक्रिया राम्रो आइरहेको छ’ उनले सभालाई सम्बोधन गर्दै भने ।
भरतपुरको वागी उम्मेदवारको विषयमा पनि उम्मेदवारी फिर्ता गराउने कोशिस भइरहेको समेत नेपालले जानकारी दिएका छन् ।