जनकपुरधाम २२ वैशाख । नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका धनुषाका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो प्रहार भएको छ ।
धनुषा सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले बाहिर बरन्डामा सुतेका बाबुलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते यादवको शरीरीको विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।
उनको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।