मिनि बिश्वकप अर्थात युरोकप आज बाट सुरु हुदै , उद्घाटन खेलमा टर्की र इटाली भिड्दै — OSNepal

मिनि बिश्वकप अर्थात युरोकप आज बाट सुरु हुदै , उद्घाटन खेलमा टर्की र इटाली भिड्दै

LC (KTM) June 11, 2021 0

मिनि बिश्वकपको नामले चिनिएको युरोकप फुटबल प्रतियोगिता आज बाट सुरु हुदैछ । युरोकपको १६ औं संस्करण आजबाट सुरु हुन लागेको हो ।इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ ।

टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे बाट सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर