नेपाल र अष्ट्रेलिया बीचको खेल जारी , पहिलो हाफ अघि नेपाल दुई गोलले पछि — OSNepal

नेपाल र अष्ट्रेलिया बीचको खेल जारी , पहिलो हाफ अघि नेपाल दुई गोलले पछि

LC (KTM) June 11, 2021 0

कतार विश्वकपको एसियाली छनोटको दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपाल अहिले अस्ट्रेलियासँग भिडिरहेको छ। पहिलो हाफ सकिन लाग्दा नेपाल अष्ट्रेलिया संग दुई शुन्य गोल अन्तरले पछि परेको छ । पहिलो हाफ अघि नै अष्ट्रेलियाले २ गोलले अग्रता लिएको हो ।

नेपालका खेलाडीहरु अष्ट्रेलिया संग निरिह देखिएका छन् । कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार पौने १० बजे खेल सुरु भएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्ट्राइकर अन्जन विष्टलाई बेन्चमा राखेका छन्।

नवयुग श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, विशाल राईलाई सुरुवाती ११ मा समावेश गरिएको छ। प्रमुख स्ट्राइकरको भूमिकामा नवयुग रहेका छन् । यसअघि नेपालले अस्ट्रेलियासँग भएको पहिलो खेलमा ५(० गोलको हार ब्यहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर