काठमाडौ २१ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चितवनमा माओवादीलाई भोट माग्न नजाने भएका छन् ।
पाँच दलीय गठवन्धनको सहमति अनुसार भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो ।
कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार चितवनबाट कुनै जानकारी नआएकाले कोइराला विराटनगर मै रहने बताइएको छ ।
प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पूर्वनिर्धारित चुनावी कार्यक्रमहरु पनि कोइराला चितवन नजाने लगभग पक्का भएको छ ।