जनकपुरधाम २१ वैशाख । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले एमालेको उम्मेदवारलाई नै समर्थन गरेको छ ।
धनुषाको सबैला नगरपालिकामा समाजवादीका मेयर उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका हुन् ।
आफ्नो पक्षमा जनताको माहोल नदेखेपछि समाजवादीका मेयर उम्मेदवार गुप्ताले एमाले उम्मेदवार यादवलाई समर्थन गरेका हुन् ।
यादव नेकपा एमालेका जिल्ला अध्यक्ष हुन् ।