काठमाडौ २१ वैशाख । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलेपाँच दलीय गठबन्धन आफुहरुको इच्छाले गरिएको गठबन्धन नभएको बताएका छन् ।
बुधबार सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
नेपालमा ६ दशक लामो सङ्घर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँचदलीय गठबन्धन उनले बताएका छन् ।
‘पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको गठबन्धन होइन’ उनले भने ।
नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको बताएका उनले प्रतिगमनलाई असफल पार्न पाँचदलीय गठबन्धन गरिएको तर्क दिएका छन् ।