चलचित्र ‘नाई नभन्नु ल’ को छैटौँ सिरिज भाद्र देखी छायाँकनमा जाँदै , यी नयाँ अनुहार आदर्शले पाए चान्स — OSNepal

चलचित्र ‘नाई नभन्नु ल’ को छैटौँ सिरिज भाद्र देखी छायाँकनमा जाँदै , यी नयाँ अनुहार आदर्शले पाए चान्स

LC (KTM) May 04, 2022 0

नेपाली चलचित्रको सबैभन्दा बढी सिक्वेल पार गर्ने फिल्म नाई नभन्नु ल हो भन्दा अत्युक्ति नहोला । किनभने यस फिल्मले ५ वटा सिक्वेल खाई सकेको छ भने अब छैठौ सिक्वेलको तयारीमा निर्माण पक्ष जुटेको छ । निर्देशक विकासराज आचार्यले ‘नाई नभन्नु ल’ को छैटौँ सिरिज बनाउँदै छन् । यो फिल्म भाद्र देखी छायाँकनमा जाने निर्माण पक्षको भनाई छ ।

सधै नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने आचार्यले यसपाली भने आदर्शवाद क्षेत्रीलाई कास्ट गर्दैछन् । आदर्शले पनि बडो लगाव र मेहनत गरिरहेका छन् यस फिल्मका लागि । उनले नृत्य संगै मार्सल आर्ट समेत सिकिरहेका छन् । उनले आफ्नो शरीरलाई बनाउन निकै मेहनत गरिरहेको सामाजिक सञ्जालमा छाएका उनका तस्बीरहरु बाट समेत प्रष्ट हुन्छ ।

त्यस्तै चुलबुले नायिका आँचल शर्मालाई मुख्य भूमिकामा देख्न पाईने छ । विकास र सामिप्यराज तिमल्सेनाको यस फिल्ममा कथा, पटकथा तथा संवाद रहनेछ । आचार्यले फिल्ममा डेब्यु गराएका सबै हिट नै हुने गरेका छन् । तर यस फिल्मको पाँचौ सिक्वेलमा देखिएका नायक अभिषेक नेपाल भने चलचित्र उद्योगमा खासै जम्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर