स्थानीय तहको निर्वाचनका लागि दलका शीर्ष नेताहरु देश दौडाहमा निस्किएका छन् । सबैले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्धारलाई जिताउन कम्मर कसेर लागेका छन् । यसैक्रममा चुनावी दौडाहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि राजधानी बाहिर निस्किएका छन् ।
उनी बिराटनगरमा भएको चुनावी सभालाई संबोधन गर्न बिराटनगर आएका हुन् । सोही चुनावी सभालाई प्रधानमन्त्री देउवाले आज संबोधन गरेका छन् । उनले गठबन्धनलाई जसरी भए पनि जिताउन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे । चित्त बुझे पनि नबुझे पनि जिताउनै पर्ने उनले बताए । विराटनगर महानगरपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा कुनै किसिमको शंका उपशंका नगर्न पनि अनुरोध गरे ।
अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता अनुसार नै भएको बताउँदै उनले भने– ‘राष्ट्रिय आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ । कांग्रेसले धोका दिँदैन, बरु धोका खान्छ । त्यहीअनुसार अगाडि बढ्नुपर्छ । उनले सबैले ईमान्दार भएर चुनावमा लाग्नु पर्ने सुझाव समेत दिए ।