काठमाडौं २१ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ ।
बुधबार चितवनमा आयोजना भएको विद्रोही समुहको भेलाले विप्लवलाई महासचिवबाट हटाउने निणर्य गरेको हो ।
साथै, महासचिवबाट हटाइएका विप्लवलाई पार्टीबाटै निष्काशन गरिएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । उक्त भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक बनाएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सहभागी हुने या नहुने विषयले उग्रं रुप लिँदा नेकपा फुटेको हो ।
यही विषयमा विवाद हुँदा विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन थिए । साथै आजको भेलाले नयाँ पार्टी गठन गर्ने समेत भएको छ ।