काठमाडौ २१ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा औपचारिक रुपमा विभाजन भएको छ ।
स्थानीय तह निर्वाचनको मा सहभागी हुने विषयलाई लिएर भएको विवादका कारणअ अन्तत पार्टी नै विभाजन भएको छ ।
चुनाव उपयोग गर्ने महासचिव विप्लव र प्रवक्ता खडकवहादुर विश्वकर्माको लाइन विपरित चुनाव वहिष्कार गर्नुपर्ने धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली लगायत नेताहरुको कारण पार्टी विभाजन भएको हो ।
आज बुधरबार चितवनमा धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पक्षमा भएको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरिएको हो ।