एमालेबाट लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका विष्टविरुद्ध पक्राउ पुर्जी जारी — OSNepal

एमालेबाट लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

LC (KTM) May 04, 2022 0

काठमाडौं २१ वैशाख । नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

विष्टविरुद्ध नेपाली कांग्रेसका उम्मेदवार अशोक कार्कीले निवाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

निजमाथि गएको २०७७ सालमा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको थियो ।

मुद्धा दर्ता भएसँगै फरार रहेका उनीमाथि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर