गैंडाकोट । स्थानीय तह निर्वाचनको प्रचार प्रसार गर्ने क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकार्ताबचि झडप भएको छ ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं.१ मा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको हो ।
झडपमा परी ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीले दिएको जानकारी अनुसार घाइते मध्ये चार जनाको टाउकोमा चोट लागेको छ । भने उनीहरुलाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ ।
घाइते हुनेमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डे रहेकी छन् । उनले प्रयोग गरेको गाडीमा समेत तोडफोड भएको छ ।