कैलाली २१ वैशाख । कैलालीमा एकै दिन तिन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार मंगलबार भजनी नगरपालिका र धनगढी उप महानगरपालिकामा ३ जना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
झुण्डिएर आत्महत्या गर्नेमा भजनी नगरपालिका–८ मोहनापुर बस्ने ७५ वर्षीया काली चौधरी थरुनी रहेकी उनले आफ्नै घरमा प्लास्टिकको डोरीमा पासो लागेर आत्महत्या गरेकी हुन् । उनको शव भने टिकापुर अस्पतालमा राखिएको छ ।
त्यसैगरी,धनगढी उपमहानगरपालिका–७ देवरीया बस्ने १६ वर्षीया नम्रता चौधरीले पङ्खाको सिलीङमा दोपट्टाले पासो लगाएर आत्महत्या गरेकी छन् । उनको शव भने सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ ।
भजनी नगरपालिका–१ गौनिया बस्ने करिब ४० वर्षीया आशा देवी चौधरी स्थानिय पशुपति सामुदायिक बनमा रुइनाको रुपमा दोपट्टाको पासो लगाएर झुण्डिएर आत्कहत्या गरेकी हुन् । उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पतालमा राखिएको छ ।