काठमाडौ २१ वैशाख । कर्णाली प्रदेश सरकारले यस वर्ष देखि थप आठ दिन सार्वजनिक विदा थप गरेको छ ।
गएको चैत २९ गते बसेको प्रदेश सरकारको बैठकले २०७९ साल देखि प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।
बैठकले गरेको निणर्य अनुसार थप गरेको सार्वजनिक बिदा वैशाख ७ गते प्रदेशको राजपत्रमा समेत प्रकाशित गरिएको छ । यो सँगै अब धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर , साउन १७ गते साउन शुक्ल पञ्चमी (नाग पञ्चमी), भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, असोज २३ गते शुक्ल ( कोजाग्रत) पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) प्रदेशभर बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिएका छन् ।
साथै असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।