अमेरिकामा घट्दै कोरोना:२४ घण्टामा १३ हजार संक्रमित थपिए, ३८७ जनाको मृ त्यु — OSNepal

अमेरिकामा घट्दै कोरोना:२४ घण्टामा १३ हजार संक्रमित थपिए, ३८७ जनाको मृ त्यु

LC (KTM) June 11, 2021 0

वासिङ्टन, २८ जेठ- अमेरिकामा कोरोनाबाट औसतमा सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृ त्यु दर २२ प्रतिशतले घटेको छ ।अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको छ । हालसम्म कूल पाँच लाख ९८ हजार ७ सय ७० जनाको निधन भएको छ । न्यूयोर्क टाइम्स तथा सिडीसीद्वारा निकालेको तथ्याङ्क अनुसार बिहीबार २४ घण्टाको अन्तरालमा १३ हजार ४०९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ३८७ जनाको मृ त्यु भएको छ ।

अमेरिकामा हालसम्म दुई करोड ८२ लाख ७८ हजार ३९४ जना सङ्क्रमणपछि निको भएका छन्भने कूल पाँच लाख ९८ हजार ७७० जनाको निधन भएको छ ।शुक्रबारको तथ्याङ्क अनुसार अमेरिकामा अहिले २१ हजार २२२ जना अस्पतालमा कोरोना सङ्क्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या पछिल्लो १५ दिनमा २३ प्रतिशतले घटेको छ । यहाँ हालसम्म ३० करोड ५६ लाख ८७ हजार ६१८ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।विश्वको पहिलो अर्थतन्त्रका रूपमा चिनिने अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४२.६ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ५१.९ प्रतिशत पुगेको छ । (रासस÷एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर