मुलाको पातको अचम्म लाग्ने गरिको फाईदा , रक्तचाप र जण्डिसका लागि अत्यन्तै उपयोगी — OSNepal

मुलाको पातको अचम्म लाग्ने गरिको फाईदा , रक्तचाप र जण्डिसका लागि अत्यन्तै उपयोगी

LC (KTM) May 03, 2022 0

तपाई हाम्रै बारीमा प्रशस्त रुपमा पाईने तरकारी मध्ये एक हो मुला । यसलाई हामी तरकारी,सलाद तथा अचारको रुपमा प्रयोग गर्दै आईरहेका छौ । मुलालाई त यसरी दैनिक उपभोग गर्न सकिन्छ तर मुलाको पातलाई भने हामी वास्ता गर्दैनौ । ग्रामीण भेगतिर भुटेको मकै भटमास संग मुलाको हरियो पात खाने बाहेक अन्य प्रयोजन खासै भएको पाईदैन ।

तर, तपाई यसको उपयोगिता जान्नु भयो भने छक्क पर्नु हुनेछ । यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइने गरिएको छ जसको जानकारी हामी धेरैलाई छैन । आज हामी मुलाको पातको उपयोगिता बारे जानकारी दिदैछौ जुन तपाईको लागि फलदायी हुनेछ । मुलाको पातमा खासगरी क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व पाइने गरिएको छ ।

मूलाको पातमा भिटामिन ए, बी र सी ३ वटै भिटामिन पाइन्छ । त्यतिमात्र कहाँ हो र मुलाको सागमा क्लोरिन, फस्फोरसस, सोडियम, आइरन, म्याग्नेसियम तथा अन्य थुप्रै पोषक तत्वहरु पनि पाइन्छन् । मुलाको पात त झन् पेटका लागि अत्यन्तै उपयोगी रहेको छ । मुलाको पात सेवन गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ र थकान महसुस हुँदैन, यसमा सोडियम पनि हुने भएकोले शरीरमा नुनको कमी हुन दिँदैन । नुनको कमी नभए पछि रक्तचापका बिरामीलाई धेरै नै उपयोगी हुन्छ ।

मुलाको पात रेसादार हुने भएकोले फाइबर धेरै पाईन्छ जसका कारण कब्जियतको अचुक औषधीको रुपमा काम गर्छ । अझै ग्रामिण भेगतिर मुलाको पातको रसलाई पानी र मिश्रीमा मिसाएर गाढा बनाएर पिउने गरिन्छ जसका कारण जण्डिसबाट जोगाउँछ । त्यस्तै मुलाको पातको अर्काे फाईदा कपाल झर्न बाट समेत जोगाउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर