बस कन्डक्टरबाट यसरी बने रजनीकान्त रातारात सुपरस्टार — OSNepal

बस कन्डक्टरबाट यसरी बने रजनीकान्त रातारात सुपरस्टार

LC (KTM) May 03, 2022 0

साउथका सुपरस्टार रजनीकान्तको जन्म १२ डिसेम्बर १९५० मा बैंगलोरमा बस्ने एक मराठी परिवारमा भएको थियो । उनी आफ्नो आमाबाबुको चौथो सन्तानको रुपमा जन्मिएका हुन् । रजनीकान्त एकदमै सानो परिवारबाट आएका हुन्। उनको आर्थिक अवस्था खासै राम्रो थिएन । बाल्यकालदेखि नै रजनीकान्त घरको जिम्मेवारी सम्झेर साना–साना काम गर्थे । उनले बस कण्डक्टरको काम समेत गरे ।

रजनीकान्त बाल्यकालदेखि नै सुपरस्टार बन्ने सपना देख्थे । यही सपना पूरा गर्न उनले सन् १९७४ मा मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना भए । कन्नड भाषी अभिनेताले तमिल बोल्न सिके। तमिल बोल्नु रजनीकान्तका लागि यति सफल भयो कि उनले तमिल फिल्ममा नै पहिलो ब्रेक पाए । त्यसपछि अभिनेताले कहिल्यै पछाडि फर्केर हेरेनन्।

रजनीकान्तको जीवनमा एक समय यस्तो आयो जब उनी आफ्नो फिल्मी करियर छोड्न लागेका थिए । तर उनको परिवारले त्यसो गर्न दिएनन् । यसपछि उनले सन् १९८० मा सबैभन्दा हिट फिल्म बिल्ला गरे । यो फिल्म अमिताभ बच्चनको सुपरहिट फिल्म डनको रिमेक थियो। सबैलाई थाहा छ रजनीकान्तले बलिउड फिल्ममा पनि धेरै नाम कमाएका छन् । उनको फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

रजनीकान्तलाई सन् २००० मा उनको अभिनयका लागि तेस्रो सर्वोच्च सम्मान पद्मभूषणबाट सम्मानित गरिएको थियो । रजनीकान्तले सन् १९८१ मा विवाह गरेका थिए र अब रजनीकान्तलाई कुनै परिचयको आवश्यकता पर्दैन । हामी केवल प्रार्थना गर्दछौं कि रजनीकान्त यसरी दर्शकहरूसँग रहिरहुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर