प्रदेश १ मा कोरोना संक्रमण घट्दै , आज एकै दिन ९०२ जनाले कोरोनालाई जिते — OSNepal

प्रदेश १ मा कोरोना संक्रमण घट्दै , आज एकै दिन ९०२ जनाले कोरोनालाई जिते

LC (KTM) June 11, 2021 0

प्रदेश १ पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ । संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ । आज प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, ते¥हथुम र इलाममा७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १०१, सुन्दरहरैचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५,रतुवामाई र बेलबारीमा ३–३, रंगेली, सुनबर्षी, कटहरी र स्थानीयतह नखुलेका २–२ जनामा संक्रमण भएको छ ।

झापाको विर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमल गाउँपालिकामा ४–४, गौरीगञ्ज र बा¥हदशीमा २–२, गौरादह र कचनकवलमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहवी र रामधुनीमा ५–५, हरिनगरमा २, गढी, देवानगञ्ज , इनरुवा र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, शहिदभूमीमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीयतहनखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीयतह नखुलेका ३, ते¥हथुमको म्याङलुङमा ५, लालीगुराँसमा २ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सुर्योदयमा १–१, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीयतह नखुलेका २–२, , पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १–१,भोजपुरको पौवादुङ्मा र स्थानीयतह नखुलेका १–१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६४ हजार ८५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५८१ रहेको छ । प्रदेश १ मा आज १ हजार ३७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१० महिला र २५२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर