काठमाडौं २० वैशाख । भरतपुर महानगरपालिकाकी वर्तमान मेयर रेणु दाहालले भरतपुरको विकास र समृद्धिका लागि आफुहरुले तयार पारेको जगलाई पुर्णता दिन यस पटक पनि आफुलाई कार्यकाल चाहिएको बताएकी छन् ।
जति पनि अन्तर्राष्ट्रियस्तरका, राष्ट्रिय गौरवका आयोजना अगाडी बढेका छन् , त्यसलाई सुरुवात हामीले गर्यौँ अब सम्पन्न पनि आफैले गर्नुपर्ने उनले बताएकी छन् । जसले बच्चा जन्माउँछ, बच्चाको माया आमालाई जति त हुँदैन नि । उनले भनिन् ।
महानगरीय चक्रपथ योजना रहेको छ नारायणी नदीलाई ‘सी बिच’ मोडलको रुपमा विकास गर्नुपर्ने भएको बताएकी उनले भनेकी छन्, ‘ठूला सडक र पूर्वाधार बनेका छन् । ६ र ४ लेनका सडक बन्दै छन् । महानगरीय चक्रपथ योजना छ । यी सबै योजना पूरा गर्नुछ । नारायणी नदीलाई ‘सी बिच’ मोडलको रुपमा विकास गर्नुछ ।
नारायणी तटबन्ध भरतपुरबासीको व्यग्र प्रतिक्षाको विषय भएको जानकारी दिएकी उनले वर्षेनि बाढीका कारण हुने धनजनको क्षति हुने गर्थ्यो ।तर यसको दीर्घकालीन समाधानका लागि आयोजना अगाडि बढेको बताएकी छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्नु पनि आफ्नो कतव्र्य भएको जनाएकी छन् ।