गोरखा, २० वैशाख :
गोरखा नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार आचारसंहिता उल्लंघन भएकाे भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए ।
उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ ।’
सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयाेग गरेकाे आराेपसहित माैखिक उजुरी परेकाे बरालले जानकारी दिए ।
यो पनि : दलका आमसभाले हुप्रचौर दुर्गन्धित, खेलाडीकाे प्रशिक्षणनै राेकियाे : केही दिनयता हेटाैंडाकाे हुप्रचाैरमा राजनीतिक दलहरूले आयाेजना गरेकाे आमसभाले विभिन्न खेलका खेलाडीकाे प्रशिक्षण प्रभावित बनिरहेकाे छ । हरेक दिन जसाे हुप्रचाैरमा रानीतिक गतिविधि हुँदा उनीहरू प्रशिक्षणबाटै बन्चित भएका हुन् ।
नेकपा एमालेले आइतबार गरेकाे आमसभाका क्रममा हुप्रचौरमा भएकाे फाेहाेर अझैसम्म पनि सफा गरिएकाे छैन । फाेहाेरकै कारणा खेलाडीहरू खेल मैदानमा नगएकाे बताउँछन् । यहाँकाे फाेहाेरले हुप्रचौर आसपासमा समेत दुर्गन्धत फैलिएकाे छ ।
आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति थियाे । यसअघि नगर विकास समितिले हुप्रचौरमा मेला, महोत्सव तथा राजनीतिक दलका कार्यक्रममा प्रतिबन्द लगाएकाे थियाे ।
केही साताअघि राप्रपा मकवानपुरको आयोजनामा राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा पनि हुप्रचौरमा सभा भएको थियो । यद्यपि, राप्रपाले भने कार्यक्रम भएको भोलlपल्टै हुप्रचौर सफा गरेको थियो ।
एमालेले भने कार्यक्रमपश्चात फोहोर सफाई र टेण्टका लागि बनाएको खाल्डो समेत पुरेको छैन । हुप्रचौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको थियो ।
एमालेले हुप्र चौरमा गरेको फोहोर र खाल्डोको बारेमा सामाजिक संजालमा आलोचना भइरहेको छ । हुप्रचौरमा भएको फोहोर एवं खाल्डाखुल्डीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै कसले सरसफाई गर्ने भन्दै प्रश्न गरेका थिए । उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
स्थानीयले पनि हुप्रचौरमा खाल्डो तथा फोहोर गरेकाे भन्दै विरोध गरेका छन् । ‘यो हुप्रचौर हामी सबैको सम्पति हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ एक स्थानीयले भने, ‘केही वर्ष यस्ता कार्यक्रम भएका थिएनन् । फेरि राजनीतिक दलले हुप्रचौरलाई दुरुपयोग गर्न थालेका छन् ।’
एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले आजै खाल्डो पुर्ने र सरसफाइ गर्ने कार्यक्रम रहेको बताए । कार्यक्रम सकिएपछि पनि सरसफाई गरेकाे र कतै खाल्डो र फोहोर बाँकी रहेकाेमा त्यसलाई पनि सफा गरिने उनले बताए ।