गित रिलीज गरेर देखाउन मिका लाई केआरकेको चेतावनी , साँच्चै मिका डराएकै हुन् त ? — OSNepal

गित रिलीज गरेर देखाउन मिका लाई केआरकेको चेतावनी , साँच्चै मिका डराएकै हुन् त ?

LC (KTM) June 11, 2021 0

बलिउडस्टार सलमान खानको फिल्म राधेको नकरात्क समिक्षा गरेपछि चर्चामा आएका कमल आर खान अर्थात केआरके अभ,ै पनि बिबादमा तानिनै रहेका छन् । गायक मिका सिंह संगको जुहारी अझै सकिएको छैन ।

मिका सिंहलाई अनपढ गवार भनेपछि केआरके लाई उनकै घर अगाडि गएर मिकाले चेतावनी दिएका थिए । उनले केआरके लाई कुत्ताको संज्ञा दिदै गित नै तयार गरेका छन् । सो गितको केही दिन अगाडी म्युजिक समेत सार्वजनिक गरिएको थियो ।

उक्त गीतको रेकर्डिङ समेत भैसकेको छ । तर, मिकाले गीत रिलिज नगरेपछि केआरेकले उनलाई चुनौती दिएका छन् । मिकाले किन गित सार्वजनिक गरेका छैनन् त्यो नखुले पनि केआरकेले भने गित रिलिज गरेर देखाउन चुनौती दिएका छन् ।

गीत रिलिज हुने बित्तिकै आफुले गर्छु भन्ने कुरा मिकाले कल्पना समेत गर्न नसक्ने चेतावनी दिएका छन् । केआरकेले लेखेका छन् यति धेरै कराउँछौ किन ? गीत रिलिज गर्ने औकात छैन ? नडराई विन्दास तरिकाले गीत रिलिज गरे हुन्छ । म चाहन्छु कि एक पटक गीत रिलिज गर ।

यसपछि के हुन्छ हेर्दा हुन्छ । मिकाले आफूसँग डराएर केआरकेले मुम्बईको घर बेचेको यसअघि दाबी गरेका थिए । मिका र केआरके बीचको जुहारी चलिनै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर