कुलो र जग्गाको बिषयलाई लिएर स्थानीय बिच विवाद हुँदा गोली प्रहार, दुइ जना पक्राउ — OSNepal

कुलो र जग्गाको बिषयलाई लिएर स्थानीय बिच विवाद हुँदा गोली प्रहार, दुइ जना पक्राउ

LC (KTM) June 11, 2021 0

दाङ, २८ जेठ-तुलसीपुर उपमहानगरपालिका(८ अस्वार गनारमा स्थानीय बिच भएको विवादको क्रममा गोली प्रहार गरेको अभियोगमा सोही उपमहानगरपालिका चन्द्रगञ्ज बस्ने २४ वर्षीय पूर्ण बहादुर वली र सोही उपमहानगरपालिका टिकरी बस्ने २१ वर्षीय आकाश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित गहतेखोलाबाट बुटनिया जाने कुलो र जग्गाको बिषयलाई लिएर स्थानीय बिच विवाद हुँदा पूर्ण बहादुरले जग्गा नाप्ने अमिनलाई लक्षित गरी पेस्तोलबाट फायर गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव उपरीक्षक समेतको प्रहरी टोलीले खोजी गर्ने क्रममा रा.२ प ६७९२ नम्बरको मोटरसाइकलमा हुलिया परिवर्तन गरी भाग्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका.८ टिकरीबाट फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

घटनास्थलबाट म्यागजिन सहितको ६ राउण्ड गोली, एक राउण्ड खोका र कम्पनीको नाम नलेखिएको १ थान पेस्तोल प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर